एजेन्सी : विश्वकै सर्वाधिक चर्चित टी२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) साविक विजेता मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति चेन्नईस्थित एमए चिदम्बरममा सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
मुम्बईले दिएको १ सय ५१ रनको मध्य लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि जोनी बेयार्स्टोले ४३ रन बनाउँदा कप्तान डेभिड वार्नले ३६ रन जोडे । विजय शङ्करले २८ रन बनाउँदा विराट सिंहले ११ रन जोडे ।
यता मुम्बईका ट्रेन्ड बोल्ट र राहुल चाहरले समान ३/३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४० रन बनाउँदा केइरन पोलार्डले अविजित ३५ रन बनाए भने कप्तान रोहित शर्माले ३२ रन बनाए ।
त्यस्तै हैदरावादका विजय शङ्कर र मुजिब उर रहमानले समान २/२ विकेट लिए ।
उक्त सँगै मुम्बईले ३ खेलमा ४ अङ्क जोड्दै शीर्ष स्थान बनाएको हो । यता पराजित हैदरावाद भने अङ्कविहीन हुदै पुछारमा छ ।