एजेन्सी : लन्डन क्लब चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनल खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो । चेल्सीलाई जिताउन हाकिम जियचले निर्णायक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको उक्त खेलको ५५औँ मिनेटमा जियचले गोल गर्दै चेल्सीलाई जिताए ।
उक्त जितसँगै चेल्सी उपाधि नजिक पुगेको हो । अब चेल्सीले उपाधिका लागि लेष्टर सिटी र साउथह्याम्टनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।