असोज २२, २०७९ शनिबार

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ।   डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । युरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।