एजेन्सी । इटालियन सिरी ए फुटबलमा दोस्रो स्थानको एसी मिलान र जेनोवाबीच रोमाञ्चक भिडन्त हुदैछ ।
नेपाली समयअनुसार आज साँझ ६ः१५ बजे सुरु हुने, उक्त खेल मिलानको घरेलु मैदानमा हुनेछ । मिलान घरेलु मैैदानमा जेनोवामाथि सहज जित निकाल्दै घरेलु टोली शीर्ष स्थानको इन्टर मिलान सँगको अंक दुरी घटाउने योजनामा रहेको छ । त्यस्तै यता पाहुना टोली जेनोवा पनि घरेलु टोलीमाथि दबाब दिदै खेल आफ्नो पक्ष्यमा पार्न दाउमा हुनेछ ।
जारी सिजन कुल ३० खेलबाट ६३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तैै समान खेलबाट ३२ अंक बनाएको जेनोवा १३औ स्थानमा रहेको छ ।