बैशाख ५, २०७८ आइतबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा घरेलु टोली उल्भ्सले रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति भएको खेलमा उल्भ्सले सेफिल्ड युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।घरेलु टोली उल्भ्सको जितमा विलियन जोसेले निर्णायक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलको ६० औं मिनेटमा जोसेले गोल गर्दै उल्भ्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।

उक्त जितसँगै उल्भ्सले ३२ खेलमा ४१ अंक जोडेर
१२ औं स्थानमा रहेको छ । यता पराजित सेफिल्ड १४ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै सेफिल्ड प्रिमियर लिगबाट घटुवा भएको छ ।