बैशाख ५, २०७८ आइतबार

काठमाडौं : शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी२० क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा सुरु भएको ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजे पछि मलेसियाले पहिलो बलिङ गरेको हो ।

उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसियालाई हराएर नेदरल्यान्ड्स अंक जोड्न चाहन्छ । तर, अन्डर डग टिम मलेसिया पनि नेदरल्यान्ड्सलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।