असोज २५, २०७९ मंगलबार

पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले भाग लिनेछन् । 

जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स,  क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी  लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।