काठमाडौं : शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी२० क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा जारी छ ।
नेदरल्यान्डसले निर्धारित २० ओभरमा २ विकेट घुमाउदै १९१ बनाए पछि मलेसियाले १९२ रनको विजयी लक्ष्य पाएको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्डसको लागि ओपनर म्याक्स शानदार शतक प्रहार गरे उनले ७३ बलमा १५चौका र ६ छक्का प्रहार गरेका थिए । यता बिन कूपरले २० बलमा २० रन , स्टक एडवर्डले ३१ रन बनाउदा टोबियास भिसलाई पवनदीप सिंहले १ रनमा बोल्ड गरेका थिए । त्यस्तै अन्वर रहमानले १ विकेट लिए ।