एजेन्सी : इटालियन सिरी ए फुटबलमा साविको विजेता युभेन्टसले आज एट्लान्टाको सामना गर्दैछ ।
नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुने खेल एट्लान्टाको घरेलु मैदाजमा हुनेछ । आजको खेलमा घरेलुु टोली एट्लान्टामाथि सहज जित निकाल्दै युभेन्टस अंक तालिकामा सुधार गर्न चाहान्छ । तर आजको खेलमा पाहुजा टोली युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोजाल्डो उपलब्ध हुनेछैन । उनी चोटको कारण टोलिबाट बाहिरियका हुन ।
त्यस्तै यता घरेलु टोली पनि पाहुना टोलीमाथि जित निकाल्दै तेस्रो स्थानमा उक्लने योजनमा हुनेछ ।
जारी सिजन कुल ३० खेलबाट ६२ अंक बनाएको युभेन्टस तेस्रो स्थानमा रहेको छ । त्यस्तै समान खेलबाट ६१ अंक बनाएको एट्लान्टा चौथो स्थानमा रहेको छ । भने समान खेलबाट इन्टर मिलान र एसी मिलान ७४ र ६३ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ ।