असोज २५, २०७९ मंगलबार

सानिमा क्यापिटल लिमिटेडले कार्तिक १६ गते देखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । यो बन्दमुखी योजना हो । 

क्यापिटलले सानिमा ग्रोथ फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले  लगानी गर्नेछ । तेसै गरि २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक श्री सानिमा क्यापिटललाई र  त्यसपछी १ करोड ८० लाख इकाई बीज पुजी पुजीलाई सुरक्षित गरि बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि  बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कार्तिक १६ गते देखि निष्कासन हुने यो फण्डमा लगानीकर्ताले छिटोमा कार्तिक २० गतेसम्म र ढिलोमा कार्तिक ३० भगतेसम्म आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन र?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारको छ :

6344befae9e84.jpg