काठमाडौं : शनिबारबाट सुरु भएको त्रिकोणात्मक टी२० क्रिकेट सिरिज अन्तर्गत आइतबारको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई पराजित गरेको छ ।
नेदरल्यान्डसले दिएको १९२ रनको विजयी लक्ष्य पाएको मलेसिया निर्धारित २० ओभरमा ८ विकेट घुमाउदै १७६ रन मात्र बनाउदै १५ रनले पराजित भयो ।
मलेसियाको लागि विरनदिप सिंह सर्वाधिक ८७ रन बनाए उनले ५२ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यस्तै ,अमिनुदीन राम्ली १५ बलमा २६ रन,शर्विन मुनींदी २० बल २८ रन , खिजार हायत ५ बलमा २ रन,अनवर अरुदीन २ बलमा ६ रन ,।अहमद फेज ३ बल शुन्य रन , सायद अजिज ११ बलमा ७ रन, ,शफिक सरिफ ३ बलमा शुन्य रन , मुहमद वाफिक ७ बलमा ६ रन बनाए ।
यता नेदरल्यान्डस्का आर्यन दत्तले २ विकेट , बास डी लीडे २ विकेट, पिटार सीलार १ विकेट , फिलिपे बोइससेवेन १ विकेट र सेबस्टियान ब्राट २ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्डसको लागि ओपनर म्याक्स १३३ रनको शानदार शतकमा १९१ रन बनाएको थियो । म्याक्सले ७३ बलमा १५चौका र ६ छक्का प्रहार गरेका थिए । यता बिन कूपरले २० बलमा २० रन , स्टक एडवर्डले ३१ रन , टोबियास भिसलाई पवनदीप सिंहले १ रनमा बोल्ड गरेका थिए ।