असोज २५, २०७९ मंगलबार

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको समूह ‘ए’ मा सशस्त्र प्रहरी बल (एपिएफ)ले बागमती प्रदेशलाई पराजित गरेको छ। बागमती प्रदेश ४ विकेटले पराजित भएको हो ।

पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा ८९ रन जोड्यो ।

बागमतीका लागि सुमन खतिवडाले १९ रन र कप्तान अस्मिना कर्माचार्यले पनि समान नटआउट १९ रन बनाए।

बलिङमा एपिएफकी रेखा रावल, नेरी थापा र इन्दू बर्माले १–१ विकेट लिए।

९० रनको लक्ष्य एपिएफले ६ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्‍यो।

एपिएफकी नेरी थापाले नटआउट १६ रन र कप्तान सीता रानामगरले १६ रन बटुलिन्। बलिङमा बागमतीकी सोनी पाख्रिन र सुमन खतिवडाले २–२ विकेट लिए।