एजेन्सी : स्पेनिस ला लिगामा साविको विजेता रियल मड्रिडले गेटाफेसँग गोलरहित बराबरी रोकिएको छ । आइतबार राति गेटाफेको घरेलु मैदानमा रियलले गोलविहीन हुुुदै बराबरी खेल्दै १/१ अङ्क बाँडेको हो ।निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय दुवैले टोलीले गोल गर्न सकेनन् । रियलले बराबरी खेल्दा तेस्रो स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ ।

अब, आगामी खेलमा बार्सिलोनाले जित निकालेको खण्डमा ऊ रियललाई उछिन्दै दोस्रो स्थानमा उक्लिने छ । ३० खेल खेलेको बार्सिलोनासँग ६५ अङ्क छ । बार्सिलोनोभन्दा एक खेल बढी खेलेको रियलसँग ६७ अङ्क छ ।
शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग भने ७० अङ्क छ । ऊ उपाधि दौडमा अगाडि नै देखिएको छ ।
गेटाफे भने ३१ अङ्कका साथ १५औँ स्थानमा छ ।