एजेन्सी : इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस एटलान्टासँग पराजित भएको छ । आइतबार राति भएको खेलमा एटलान्टाको मैदानमा युभेन्टस १–० गोलले स्तब्ध भएको हो ।
एटलान्टाको जितमा रुस्लान मालिनोस्कीले निर्णायक गोल गरे । खेल सकिन मात्र ३ मिनेट बाँकी छँदा मालिनोस्कीले गोल गर्र्दै एटलान्टालाई जिताए ।
युभेन्टस पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको थियो ।
उक्त जितसँगै एटलान्टाले युभेन्टसलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले ३१ खेलमा ६४ अङ्क जोडेको छ । ६२ अङ्क भएको युभेन्टस भने चौथो स्थानमा झरेको छ ।