रुरु जलविद्युत् परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको जनाइएको छ । कम्पनीले भोलि बुक क्लोज गर्दै छ ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
उक्त लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ । उक्त साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।