बैशाख ६, २०७८ सोमबार

चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा दिल्लीले पन्जाबलाई ६ विकेटले पराजित गरेको हो । मुम्बईस्थित वान्खेडे स्टेडियममा पन्जावले दिएको १९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभर खेल्दा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले भने पृथ्वी शले ३२ रन जोडे ।

Image

पन्जाबका झे रिचार्डसनले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।

पन्ञ्जाबका मयांक अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान लोकेश राहुलले ६१ अर्धशतकीय इनिङ्स खेले । दीपक होडाले अविजित २२ रन बनाउँदा शाहरुख खानले अविजित रहँदै १५ रन जोडे ।

बलिङतर्फ दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १–१ विकेट लिए ।

जितसँगै ३ खेलमा ४ अङ्क जोड्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । पन्जाबको भने ३ खेलमाा २ अङ्क छ ।