असोज २६, २०७९ बुधबार

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटर मेहर छायाकरलाई १४ वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो ।  


त्यसपछि उनलाई १४ वर्षका लागि सबै ढाँचाका क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ । युनाइटेड अरब इमिरेट्सका खेलाडी छायाकरले अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी(२० म्याचमा नियम उल्लङ्घन गरेका थिए।