असोज २७, २०७९ बिहिबार

बैंकहरूको निक्षेप संकलन सँगै कर्जा प्रवाह पनि घटेको छ । बैंकहरूको निक्षेप संकलन घटेपछि त्यसको प्रभाव सिडी रेसियो बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार असोज २५ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५० खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । असोज २२ गते, सोमबारसम्म बैंकहरूको निक्षेप ५१ खर्ब १७ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप ३० अर्बले घटेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ३१ अर्बले घटेर ४४ खर्ब ८१ अर्बमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि २ अर्बले घटेर ४७ खर्ब २३ अर्ब रूपैयाँ पुगेको छ । यसै अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि २ अर्बले नै घटेर ४१ खर्ब ८३ अर्ब छ ।  

बैंकहरूको औसत कर्जा( निक्षेप अनुपात ९सीडी रेसियो० ८७।२० प्रतिशतबाट बढेर ८७।८१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । 

63479a6f882b8.JPG