काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपी लामिछानेलाई थप ५ दिन थुनमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यसअघि अनुसन्धानका लागि दिइएको ७ दिनको म्याद सकिएपछि आज अदालतले म्याद थप गरेको हो ।
असोज २० गते विमास्थलबाटै पक्राउ परेका लामिछनेलाई म्याद थप गर्न आज अदालत पेश गरिएको थियो ।