अघिल्लो दिन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेको छ ।
यस्तै तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनकै कायम हुँदै प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने घटेर बिहीबार ११ सय ९० मा झरेको छ । अघिल्लो दिन प्रतितोला चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो ।