असोज २७, २०७९ बिहिबार

जुम्ला । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेको सिंजाका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्रका घोषणा गर्न सरकारसमक्ष स्थानीयले माग गरेका छन् ।


जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्नवान गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।