असोज २७, २०७९ बिहिबार

सनराइज क्यापिटल लिमिटेडले लाभांश वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको  बाह्रौं वार्षिक साधारण सभा १८ कात्तिकमा हुनेछ ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 
 
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।