असोज २९, २०७९ शनिबार

नवौं राष्ट्रिय खेलकुद शुक्रबार बिहानबाट सुरु भएको छ । उक्त खेलअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पोखरा रंगशालाको ट्र्याकमा जारी दौडको १०० मिटर हिटमा निशाले निर्धारित दूरी १२.१० सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् ।

निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । देवीमाया पनेरुले १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)मा त्यो कीर्तिमान बनाएकी थिइन् ।