काठमाडौं । साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ कायम रहेको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।