नेपाल राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडको लाभांश स्वीकृत गरेको छ ।
बैंकको असोज १४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश राष्ट्र बैंकले स्वीकृत हो ।
अब उक्त लाभांश बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।