असोज ३१, २०७९ सोमबार

काठमाडौं: सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदानगर्न 'थ्री इन वान' (3 in 1) खाताको प्रणाली परिष्कृत  गरेको छ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस खाताको अनलाइन फारम भर्दा ग्राहक महानुभावहरुले म्झबत खाता र त्चबमष्लन खाताका साथै  Demat vftf / Trading vftfsf ;fy} C-ASBA (Centralized Application Supported by Blocked Amount) रर मेरो शेयरको आवेदन पनि दिन सक्ने बैंकले जनाएको छ।

साथै, 3 in 1 Portal sf] Dashboard  बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ। यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्ने पनि बैंकले जनाएको छ। खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA  तथा मेरो शेयरको सुविधा लिन सकिनेछ।

सानिमा बैंकले सातै प्रदेशबाट १२९ वटा कार्यालय र १२२ वटा एटिएम संजालबाट सेवा दिइरहेको छ।