रूपन्देहीका उद्योगी व्यवसायीले बैंकहरूले ब्याजदर बढाएको भन्दै सोमबार विरोध प्रदर्शन गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी व्यवसायीले बुटवलमा संयुक्त रूपमा विरोध र्याली निकालेका हुन् । बैंकहरूले पटक–पटक ब्याज बढाउँदा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको गुनासो छ । बैंकहरूले ब्याजदर नघटाए उनीहरूले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी पनि दिएका छन् ।