काठमाडौँ । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका २ र रामग्राम नगरपालिका ५ स्थित भैरहवा परासी राजमार्गबाट ८ सय ४० बोरा अवैध चिनीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । यसको मूल्य करीब ९० लाख रुपैयाँ बराबरको रहेको बताइएको छ ।
ना ६ ख २१९७ र लु १ ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले बरामद गरेको हो ।
बरामद चिनी तथा दुई वटै ट्रक आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।