कात्तिक २, २०७९ बुधबार

काठमाडौं जिल्ला अदालतले निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई थप हिरासतमा राख्न बुधबार प्रहरी वृत्त गौशालाले अदालतसँग अनुमति मागेको थियो ।

पछिल्लो पटक २७ असोजमा अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।


प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।

दोस्रोपटक २७ असोजमा ५ दिनको म्याद थप गरेको थियो । जसको अवधि मंगलबार सकिएको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप हिरासतमा राख्न अनुमति मागेको थियो ।


राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई बलात्कार गरेको आरोप लागेको थियो।