फ्लोरिकल्चर एशोसिएशन नेपालले आजदेखि आइतबारसम्म जावलाखेलको खेल मैदानमा गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्दै छ ।
एशोसिएशनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रबर्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जनाएको छ । प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामूलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरू रहनेछन् ।