कात्तिक ३, २०७९ बिहिबार

काठमाडौँ: धनतेरसका लागि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ।

राष्ट्र बैंकले बिहीबारबाट काठमाडौँको बबरमहलस्थित टक्सार विभागबाट यी सिक्काको बिक्री सुरु गरेको हो।

सुनचाँदीको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ।

राष्ट्र बैंकले बबरमहलबाटै सिक्का बनाउँदै आएको छ।

कात्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ। यस पर्वमा सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ।

यस वर्षको धनतेरस कात्तिक ५ गते परेको छ।

हेर्नूहोस् तस्बिरहरू:

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.