कात्तिक ३, २०७९ बिहिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि पोखरा पुगेका छन् ।


पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन छ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।