कात्तिक ४, २०७९ शुक्रबार

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड अमेरिकी डलर रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।