कात्तिक ६, २०७९ आइतबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आइतबार अदालतमा अभियोगपत्र दर्ताको तयारी भएको छ।

प्रहरीले शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार आइतबार अभियोगपत्र दर्ताको तयारी भइरहेको छ ।

सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनीविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।