कात्तिक ६, २०७९ आइतबार

आज भारत र पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा आमनेसामने हुँदै छन् । मेलवर्नमा पाकिस्तान र भारत दुबै टिमको यो पहिलो खेल हो । दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ मा हुनेछ ।
 
भारतीय क्रिकेट बोर्डका एक अधिकारीले आउने एसिया कप क्रिकेटमा भारतको टोली पाकिस्तान नजाने बताएका छन् । त्यस्तै पाकिस्तानले पनि सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेट खेल्न नजाने बताएको छ । 


भारत–पाकिस्तान युद्धको समयमा दुबै टिमको साझा ड्रेसिङ रुम 

भारतीय क्रिकेट लिजेन्ड सुनिल  गवास्करका अनुसार त्यो समय भारत र पाकिस्तानका खेलाडीहरुले ड्रेसिङ रुम साझा बनाएका थिए । उनीहरूले चार महिनासम्म एकै ड्रेसिङ रुमलाई साझा बनाएका थिए । भारत र पाकिस्तान युद्ध ९ महिनासम्म चलेको थियो । बंगलादेश स्वतः राष्ट्र बनिसकेपछि यो युद्ध सन् १९७१ मा टुङ्गिएको थियो । 


गवास्करले त्यो समय लेखेका थिए ,‘जे भएको थियो त्यो बाहिर मात्र थियो । भित्र हामी खेलाडीबीच कुनै कुराको समस्या थिएन ।’  गौरी साबर्सको नेतृत्वमा बनेको रेस्ट अफ दी वर्ड टिमको आधा दर्जन खेलाडी भारतीय उपमहाद्वीपका थिए । यस टिममा भारतका सुनिल गवास्कर, स्पिनर बिशन सिंह वेदी र विकेट किपर फारुख इजिनियर थिए । 


पाकिस्तानबाट फास्ट बलर जहीर अब्बास, इतेखाव आलम र आसिफ मसुद सहभागी थिए । 

सन् १९७६ मा रिलिज भएको उनको किताबमा गवास्करले लेखेका छन्, ‘हर साँझ हामी पाकिस्तानी रेस्टुरेन्टमा खाना खान जान्थौं । रेस्टुरेन्टको मालिकले रेडियो सुनेर एक पेपरमा केही कुरा लेखेर इतेखाब आलमलाई दिन्थे, आलम त्यसलाई नहेरेर फालिदिन्थे ।’

मैदान बाहिर केही चिन्ता थियो 

भारत–पाकिस्तानको खेल भएको समयमा मैदानभित्र जस्तो अवस्था थियो त्यो पक्कै बाहिर थिएन । 

त्यस समयमा बेदी इञ्जीनियरको नाम जोडेर पत्रकारले लेखेको एक कुरामा उनी दुखित थिए । उक्त पत्रकारले बताएका थिए, ‘मुम्बईमा उनका घर समुद्रको नजिक छ । उनी आफ्नो पत्नी र छोराहरूको विषयलाई लिएर चिन्ता गरिरहेका छन् । त्यहाँबाट उनी अर्को ठाँउमा जान आवश्यक छ ।’ 

तर वेदीले कुनै पत्रकारसँग कुरा गरेका थिएनन् । उनले मात्र युद्धको विषयमा दुःख जनाएका थिए । किनभने उनको घर पाकिस्तानको सिमाना भएको अमृतसरमा थियो । 

यसरी चिर–परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच बेला–बेला युद्ध हुँदा पनि खेलाडीहरूबीच राम्रो सम्बन्ध थियो । उनीहरू साझा ड्ररी चिर–परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच बेला–बेला युद्ध हुँदा पनि खेलाडीहरूबीच राम्रो सम्बन्ध थियो । उनीहरू साझा ड्रेसिङ रुम हुँदा राम्रोसँग मिलेर बसेका थिए । 

सन् १९४७ देखि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेन । सन् १९५२ मा पाकिस्तानले भारतमा आएर टेस्ट खेल खेलेको थियो । 

१७ वर्षसम्म कुनै प्रतिस्पर्धा भएन

भारत र पाकिस्तानबीच भएको टेस्ट खेलमा भारतका कट्टर हिन्दुवादीले टेस्ट खेल नै बहिस्कार गर्नका लागि समर्थन जुटाउन कोसिस गरेका थिए । तर, उनीहरू सफल हुन सकेनन् । 

५ खेलको टेस्ट भारतले २–१ ले जितेको थियो । पछिल्लो ७० वर्षमा भारत र पाकिस्तानले ५८ टेस्ट खेल खेलेका छन् । यही समयमा भारत र अष्ट्रेलियाले ९७ टेस्ट म्याच खेलेका छन् । 

भारत–पाकिस्तानबीच भएका सुरुवाती सिरिज ड्रमा सकियो । सन् १९६०–६१ मा भारतमा भएको सिरिज पनि त्यस्तै थियो । दुवै देशबीच सन् १९६५–७१ सम्म  खराव सम्बन्ध भएको समयमा १७ वर्षसम्म भारत र पाकिस्तानले कुनै खेल खेलेनन् । दुई देशबीच सम्बन्ध सुधार हुँदा भारतीय टिमले सन् १९७८ मा पाकिस्तान भ्रमण गरेको थियो । 
बीबीसी हिन्दी