आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्यसमेत स्थिर छ । महासंघले आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको जानकारी दिएको छ ।