कात्तिक ६, २०७९ आइतबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप थपिएको छ । अघिल्लो पटक थपिएको म्याद सकिएपछि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप २ दिन समय दिएको हो ।

जिल्ला अदालत काठमाडौंले असोज २४ गतेदेखि २० गतेबाट गणना सुरु हुनेगरी ७ दिनको म्याद दिएको थियो । असोज ७ गते दोस्रो पटक पुनः म्याद थप गरेको थियो । त्यसैगरी, कात्तिक २ गते ४ दिनको म्याद थपिएको थियो ।