कात्तिक ६, २०७९ आइतबार

आइसिसी टी–२० विश्वकपको समूह १ को खेलमा आयरल्यान्डसँग श्रीलंका विजयी भएको छ। आइतबार भएको खेलमा श्रीलंकाले आयरल्यान्डलाई ९ विकेटले पराजित गर्‍यो।

आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो।


श्रीलंकाको जितमा कुशल मेन्डिसले नटआउट ६८ रन जोडे। उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। धनन्जय डि सिल्भा ३१ रनमा आउट हुँदा चारिथ असलंकाले २२ बलमा नटआउट ३१ रन जोडे। 

त्यसअघि आयरल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन जोड्यो।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले नटआउट ४५ रन जोडे। उनले ४२ बलमा २ चौका र १ छक्का हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। 

बलिङमा श्रीलंकाका हर्षरंगा डि सिल्भा र महीस तीक्षणाले २(२ विकेट लिन सफल भए।