कात्तिक ६, २०७९ आइतबार

काठमाडौं । आईसीसी पुरुष विश्वकपअन्तर्गत आज भारत र पाकिस्ताबीच खेल जारी छ । सुपर १२ को खेलमा पाकिस्तानले भारतलाई १ सय ६० रनको लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन बनायो ।


पाकिस्तानका लागि सान मसुद र इफ्तिकर अहमेदले अर्धसतकिए इनिङ खेले । सान ४२ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहे । इफ्तिकर ३४ बलमा २ चौका र चार छक्कासहित ५१ रन बनाएर आउट भएका थिए ।

ओपनर बाबर आजम गोल्डेन डक आउट भएको थिए । मोहम्मद रिजवान ४ रनमा आउट हुँदा शहिन शाह अफ्रिदीले १६ रनको योगदान गरे । भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतको बलिङमा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले समान तीन विकेट लिए । भुवनेश्वर कुमार र मोहम्मद सामीले एक÷एक विकेट लिए ।