कात्तिक ८, २०७९ मंगलबार

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिना गरी २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ ।

यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।