आईसीसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २ सय ६ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।
उसका राइली रुसोले १ सय ९ रनको शतकीय पारी खेले । टि–२० मा उनको यो दोस्रो शतक हो ।
उनी दक्षिण अफ्रिकाबाट टि–२० विश्वकपमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् । क्विन्टन डि कक ६३ रनमा आउट भए । बंगलादेशका सकिब अल हसनले २ विकेट लिए ।
तस्किन अहमद, हसन मोहम्मद र अफिफ हुसैनले एकरएक विकेट लिए ।
आज हुने दोस्रो खेलमा अहिले पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डस् खेल्दैछन् ।
अर्को खेलमा पाकिस्तान र जिम्बाबे बीचको खेल पर्थमा दिउँसो पौने पाँच बजे सुरु हुनेछ ।