एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनहम हटस्परका प्रशिक्षक जोसे मौरिन्हो बर्खास्तीमा परेका छन् ।
सोमबार टोटेनहमले १७ महिनाको कार्यकाल अवधिमै प्रशिक्षक मौरिन्होलाई बर्खास्त गरेको हो ।
पोर्चुगिज प्रशिक्षक मौरिन्हो १७ महिनाअघि मात्र टोटेनहमको प्रशिक्षकमा नियुक्त भएका थिए । नोभेम्बर २०१९ मा टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै मौरिन्होलाई प्रशिक्षक बनाएको थियो ।
टोटेनहमले छैटौँ स्थानमा रहँदै अघिल्लो सिजनको अन्त्य गरेको थियो । यस सिजन भने सातौँ स्थानमा छ । यस्तै, टोटेनहम गत मार्चमा युरोपा लिगबाट समेत बाहिरिएको थियो ।
टोटेनहमले मौरिन्होका स्टाफहरू जाओ साक्रामेन्टो, नुनो सान्टोस, कार्लोस ललिन र जियोभानी सेरालाई पनि बर्खास्त गरेको छ । क्लबले आधिकारिक विज्ञप्ति जारी गर्दै मौरिन्हो र उनका स्टाफलाई बर्खास्त गरेको जनाएको छ ।