बैशाख ६, २०७८ सोमबार

काठमाण्डौ।  गत महिना सम्पन्न एभिए कप भलिबलमा सहभागी टोली रारा बुलबुले क्लबलाई  नेपाल भलिबल संघ (एनभिए)ले  कारबाहीको प्रकृया अगाडी बढाएको छ ।आज बसेको एनभिएको बैठकले सो  निर्णय गरेको हो ।

गत महिना सम्पन्न पाचौं संस्करणको एनभिए भलिबल क्लब लिगमा बुलबुले राराको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी तीन पाकिस्तानी खेलाडीलाई क्लबले प्रतियोगिता पश्चात अलपत्र पारेको भन्दै संघले रारा बुलबुलेलाई कारबाहीको प्रकृया अगाडी बढाएको हो । 

प्रतियोगितामा क्लब तेस्रो स्थानमा रहेकोमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब भने बिजेता बनेको थियो।