बैशाख ६, २०७८ सोमबार

 

काठमाण्डौ ।नेपाल भलिबल संघ(एनभिए) को कार्यवहाक अध्यक्षको जिम्मेवारी याम गुरूङले पाएका छन्। आज काठमाण्डौमा सम्पन्न संघले कार्यसमितिको बैठकले सो निर्णयगरेको हो ।

संघका हालका अध्यक्ष मनोरञ्जनरमण शर्मा केही समयका लागि अमेरिका जाने भएपछि संघले गुरुङलाई कार्यवाहक तोकेको हो । स्रोतकाअनुसार शर्मा केही महिनाका लागि अमेरिका जान लागेका हुन् ।

शर्मा नेपाल नफर्कने बेलासम्मका लागि गुरूङलाई जिम्मेवारी दिईएको हो ।