कात्तिक १५, २०७९ मंगलबार

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुनको मुल्य ९३ हजार १ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले वृद्धि भएर प्रतितोला १२ सय १५ रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।