कात्तिक १५, २०७९ मंगलबार

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा एनसीसी बैंकको सेयरमूल्य समायोजन भएको छ । 

बैंकको ३.३६६३ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता एक सय ७८ रूपैयाँ एक पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक सय ८४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पच्चीसौँ वार्षिक साधारण सभा मंसिर २ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभामा बैंकको असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

6360a611545b2.JPG