बैशाख ७, २०७८ मंगलबार

एजेन्सी : साविको विजेता लिभरपुल इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिड्स र लिभरपुलले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

लिड्सको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता बने पाहुना टोली लिभरपुलले बनाएको थियो । जारी खेलको ३१औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० गोलको अग्रता दिलाए ।

त्यस्तै पहिलो हाफमा १-० गोलको अग्रता बनाएको लिभरपुल दोस्रो हाफमा समहालीन नसक्दा खेल सकिन ३ मिनेट बाँकी रहेको अवस्थामा डिएगो लोरेन्टेले गोल गर्दै लिड्सलाई बराबरीमा फर्काए ।

उक्त बराबरीसँगै लिभरपुलले ३२ खेलबाट ५३ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । यता लिड्स भने ४६ अङ्कका साथ दसौँ स्थानमा छ ।