बैशाख ७, २०७८ मंगलबार

एजेन्सी : चौधौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । 

सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले हराउँदै चेन्नई दोस्रो स्थानमा उक्लिएको हो ।मुम्बईस्थित वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले दिएको १८९ रनको विजयी लक्ष्य पाएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो ।

राजस्थानका जोस बट्लर १ रनले अर्धशतक बनाउन चुके । उनले पाँच चौका र दुई छक्काको सहायतामा ४९ रन जोडे । यस्तै जयदेव उमाकान्तले २४ रन बनाउँदा राहुल टेबाटियाले २० रन जोडे । शिवम डुबेले १७ तथा मनन बोहराले १४ रन बनाए ।

यता बलिङतर्फ मोइन अलीले सर्वाधिक ३ विकेट लिँदा रविन्द्र जडेजा र साम कुरानले समान २/२ विकेट लिए ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन बनाउँदा अम्बाती रायडुले २७ रन जोडे ।
यस्तै, मोइन अलीले २६ रन बनाउँदा ड्वेन ब्राभो २० रनमा अविजित रहे । कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैनाले समान १८–१८ रन जोडे । 

उक्त जितसँगै चेन्नईले ३ खेलबाट ४ जोड्यो । राजस्थानसँग भने २ अङ्क छ । ऊ छैटौँ स्थानमा छ ।