बैशाख ७, २०७८ मंगलबार

एजन्सी

विश्वभरमा  मंगलबार बिहानसम्ममा  १२ करोड ११ लाख ८७ हजार नौ सय ७३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १४ करोड २६ लाख ८६ हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ३० लाख ४२ हजार आठ सय ४३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ८४ लाख ५५ हजारभन्दाबढी सक्रिय संक्रमित छन् ।

अमेरिकामा हालसम्म तीन करोड २४ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५० लाख ३९ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८१ हजार पाँच सय ५२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड ५३ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ३१ लाख तीन हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८० हजार पाँच सय ५० जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ८५ हजार नौ सय जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७५ हजार पाँच सय ५५ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ९१ जनाले ज्यान गुमाइसकेका छन् ।