बैशाख ७, २०७८ मंगलबार

आज बालुवाटारमा चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई पूजाआजा गरिएको छ। मूर्तिलाई चितवन लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन्। 

उक्त मूर्तिलाई चितवनमा लगेर राख्ने तयारी ओलीको गत वर्षदेखि रहेको थियो। तयार परिएका मूर्ति रथ यात्रा आज नै चितवन पठाइने छ। मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन्। ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ।